शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुर नगरपालिकाले दियो नेपाली सेनालाई मयुर झ्याल

बुधबार, १८ मङ्सिर २०७६, १६ : २५
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ ।  भक्तपुर नगरपालिकाले नेपाली सेनालाई सम्झनाको चिनो स्वरुप भक्तपुरको कला संस्कृति झल्किने मयुर झ्याल हस्तान्तरण गरेको छ ।

जंगी अड्‍डामा आयोजित एक कार्यक्रमबीच उक्त मयुर झ्याल प्रधानसेनापति पूर्णचन्द्र थापालाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले हस्तान्तरण गरेका हुन् । 

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हातामा रहेको ऐतिहासिक रानीपोखरीको मौलिकतासहितको जिर्णोद्वार तथा पुनःनिर्माण र सैनिक आवासीय महाविद्यालयको पूर्व तर्फको खेल मैदान सर्वसाधारण युवाहरुलाई प्रयोग गर्नका लागि पुर्‍याएको योगदानको कदर गर्दै भक्तपुर नगरपालिकाले नेपाली सेनालाई उक्त मयुर झ्याल प्रदान गरेको हो । 

यस्तै सोही कार्यक्रममा नेपाली सेनाबाट पनि भक्तपुर नगरपालिकालाई धन्यवाद स्वरुप सम्झनाको चिनो प्रदान गरिएको जंगी अड्काले जनाएको छ । 

कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै प्रधानसेनापति थापाले भक्तपुर जिल्ला लगायत देशका विभिन्‍न क्षेत्रहरुमा त्यहाँको ऐतिहासिक महत्व, मौलिक सस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण एवं सम्वर्द्धन गरी नागरिक सैनिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नका लागि विभिन्‍न कार्यहरु भइरहेको बताए । 

यस्तै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेपाली सेनाले कला, सस्कृतिले भरिपूर्ण भक्तपुरको जीर्ण अवस्थामा रहेको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार र संरक्षण गरी सर्वसाधारणको लागि खुल्ला गरेकोले जनता र सेनाबीचको सम्बन्धले नयाँ उचाइ लिएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप