शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बुधबार, १८ मङ्सिर २०७६, १४ : १४
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गरी पार्टी मुख्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको जानकारी दिए ।

उक्त बैठकमा उपनिर्वाचनको समीक्षा, नेतृत्वविहीन भ्रातृ संस्था र पार्टीको केन्द्रीय विभागहरु गठनबारे एजेण्डा रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आगामी पुस ७ गतेमा सुरु हुने तेस्रो चरणको पार्टीको राष्ट्रिय जागरण अभियानबारे पनि छलफल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप