बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी इन्डोनेसियामा भूकम्प

बुधबार, १८ मङ्सिर २०७६, १४ : ०३
बुधबार, १८ मङ्सिर २०७६

जकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन । इन्डोनेसियामा बर्सेनि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप