शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकाले आयुष्मानलाई भनिन्, ‘तिम्रो ओठमा दैनिक चुम्बन गर्नु मेरो सबैभन्दा प्रिय काम’

बुधबार, १८ मङ्सिर २०७६, १३ : ३२
बुधबार, १८ मङ्सिर २०७६

नायिका प्रियंका कार्कीले आफूलाई सबैभन्दा मनपर्ने ६ प्रिय कामको सूची तयार गरेकी छिन् ।

मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोष्ट गर्दै यसबारे लेखेकी छिन् ।

उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ । १. तिम्रो हात समात्नु । २. तिम्रो जोक्समा हाँस्नु । ३. तिमी सँगसँगै हिँड्नु । ४. सोफामा आरामले सँगै सुत्नु । ५. तिम्रो आँखामा हेर्नु । ६. र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’

उनको यो पोष्टमा  प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु’

प्रियंकाको पोष्टमा अहिलेसम्म १ सय ६६ जनाले कमेन्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप