केन्द्रीय संस्करण

खैरो हिरोइनसहित चार जना पक्राउ

person explore access_timeमंसिर १८, २०७६ chat_bubble_outline2

सिरहा–इलाका प्रहरी कार्यालय गोलबजारले ब्राउन सुगरसहित गोलबजार ६ बाट ४ जना युवकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सिपेक्टर जनक पुरीको कमाण्डमा खटिएको टोलीले मंगलबार राती दुई जनालाई गोलबजार ३ बाट आठपोका ब्राउनसुगरसहित  पक्राउ गरिएको हो । 

उनीहरुले दिएको सूचनाको आधारमा गोलबजार ६ बाट थप दुई जना गरी चार जनालाई पक्राउ गरिएको इन्सपेक्टर निरीक्षक पुरीले जानकारी दिए । 

प्रहरी निरीक्षक पुरीका अनुसार पक्राउ पर्नेहरुमा गोलबजार ६ का १८ वर्षीय बालकृष्ण साह, गोलबजार ३ का १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साह रहेका छन् ।

 प्रहरीले गोलबजार ३ मा उनीहरुले दिएको सूचनाको आधारमा बिमल र उनका भाइ निलमलाई ७३ पोकामा प्याक गरिएको ब्राउनसुगर बरामद गरिएको प्रहरी निरीक्षक पुरीले उल्लेख गरे । पक्राउ परेकाहरुलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको र बरामद भएको ८१ पोका ब्राउनसुगर तौल नभएपनि करिब चार ग्राम बराबर रहेको प्रहरीले जनाएको छ । 

गोलबजार प्रहरीले चालु आर्थिक वर्ष २०७६÷ ०७७ को साउनदेखि साढे पाँच महिनाको अवधिमा २२ ग्राम ब्राउनसुगरसहित २३ जनालाई पक्राउ गरी लागूऔषध कारोबार सम्बन्धी मुद्दा चलाइएको जनाएको छ । 
पक्राउ परेका सवैजासो १८ देखि ३० वर्ष उमेरसमूहका रहेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 4, 2019, 8:35 p.m. Sonu Alee
    Student
  2.  0 Reply
  3. Dec. 4, 2019, 3:25 p.m. Amit singh
    Yo haru le Garda golbazar bigareko x yo harulai chornu hudhain sar ji good job sar clean the golbazar sar
  4.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.