शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहमतीमा बनाइएको यौन सम्बन्धमा पनि किन यति हिंसा ?

बुधबार, १८ मङ्सिर २०७६, १२ : ५७
बुधबार, १८ मङ्सिर २०७६

बलात्कार र यौनहिंसाको खबरले हामीलाई भित्रैदेखि हल्लाउने गर्छ ।

तर बीबीसी रेडियो फाइभको एक अनुसन्धानमा पत्ता लागे अनुसार ४० वर्षभन्दा कम उमेरका एक तिहाईभन्दा बढी महिलाले सहमतीको यौन सम्बन्धमा पार्टनरले उनीहरुलाई थप्पड हानेको, गला दबाएको, हात–खुट्टा बाँधिदिएको र थुकिदिएको बताएका छन् ।

यीमध्ये कुनै पनि प्रकारको हिंसा झेल्ने महिलामा २० प्रतिशत महिलाले त्यतिबेला आफू अत्यधिक डराएको वा तनावमा भएको स्विकारेका छन् ।

२३ वर्षकी एनाले तीन भिन्न भिन्न अवस्थामा भिन्न पार्टनरसँग स्थापित गरेको यौनसम्बन्धका बेला आफूले यस्तो हिंसा सामना गर्नुपरेको बताइन् ।

उनीमाथि यस्तो व्यवहार कपाल तान्नेबाट सुरु भयो त्यसपछि उनले थप्पड खानुपर्यो र पार्टनरले उनको घाँटी थिच्ने कोसिस पनि गरे ।

एना भन्छिन्, ‘म निकै अचम्मित थिएँ । म निकै असहज र भयभीत महसुस गरिरहेकी थिएँ । यदि कसैले तपाईंको गालामा थप्पड हान्छे वा घाँटी थिच्छ भने यो उत्पीडनको घटना हुनसक्छ ।’

के हो कारण ?

एनाले जब यसबारे आफ्ना साथीहरुसँग कुरा गरिन् तब उनलाई यो एक सामान्य कुरा हुँदै गएको थाहा भयो ।

एना भन्छिन्, ‘धेरैजसो पुरुषले यो काममा सबै तरिका नअपनाएका पनि हुनसक्छन् तर कम्तिमा एउटा काम त गरेकै हुन्छन् । एउटा घटनामा मलाई मेरा साथीले घाँटी दबाउने कोसिस गरेका थिए त्यो पनि सहमति बिना र कुनै चेतावनी नदिइकनै ।’

‘मेरा एक पार्टनरले यत्ति बल लगाएर यस्ता व्यवहार गर्दथे कि मेरो शरीरमा चोटका दाग देखिन्थे र थुप्रै दिनसम्म पीडा पनि महसुस हुन्थ्यो ।’

एना भन्छिन्, ‘मलाई राम्रोसँग थाहा छ कि कति महिलाले आफूलाई यस्तो कुरा मनपर्ने बताउँछन् । तर समस्या यो हो कि हरेक महिला यस्तै चाहन्छन् भनेर पुरुषले सोच्ने गर्छन् ।’

अनुसन्धान कम्पनी सेवान्ता कमरेजले १८ देखि ३९ वर्षका २००२ बेलायती महिलासँग सहमतिमा स्थापित गरिएको यौन सम्बन्धका क्रममा पार्टनरले उनीहरुलाई थप्पड हान्ने वा गला दबाउने कोसिस गरेको वा हात–खुट्टा बाँधिदिएको वा थुकिदिएका छन् भनेर पनि सोधिएको थियो ।

यो स्याम्पल साइजमा ब्रिटेनका प्रत्येक भागका हरेक आयुवर्गका महिला समावेश भए नभएको विचार गरियो ।

यसमा ३८ प्रतिशत महिलाले आफूमाथि यस्तो हिंसा हुने गरेको स्विकारे ।

यस्तै ३१ प्रतिशत महिलाले यसलाई हिंसाको संज्ञा नदिएको जबकी ३१ प्रतिशत महिलाले यस्तो अनुभव नभएको र यसबारे केही पनि भन्न नचाहेको बताए ।

सेन्टर फर विमेन्स जस्टिसले बीबीसीसँगको कुराकानीमा यो आँकडाले युवा महिलामाथि सहमतीमै गरिने यौनसम्बन्धका बेला हिंस्रक, खतरनाक हुनु वा आफैंलाई तल्लो स्तरमा देखाउनका लागि विभिन्न क्रियाकलाप गर्नुपर्ने दबाब बढिरहेको छ ।

 संस्थाले भनेको छ, ‘एक्स्ट्रीम स्तरको पोर्नोग्राफीको सहज उपलब्धता, सर्वसाधारणमाझ त्यसको पहुँच र त्यसको प्रयोगका कारण यस्तो हुनसक्ने आशंका छ ।’

विमेन्स एडकी कार्यकारी चीफ एक्जेक्युटिभ एडिना क्लेयर भन्छिन्, ‘४० वर्षभन्दा कम उमेरकी महिलाले थाहा छैन कतिपटक यौन हिंसाको सामना गर्नुपरेको छ, विशेषगरी ती पार्टनरबाट जससँग उनीहरुले सहमतिमै यौनसम्बन्ध स्थापित गर्छन्, तर त्यतिबेला पनि उनीहरु डरमा हुन्छन्, अपमानित हुन्छन् ।’

‘यौनका लागि सहमत हुँदा पनि हिंसा अर्थात् थप्पड खानु, गला दबाउनेजस्ता हिंसा हुने आशंका कम हुँदैन ।’

म असाध्यै डराएकी थिएँः

एमाको उमेर ३० वर्ष पारी छ र उनी हालै लामो समयको सम्बन्धबाट बाहिर निस्किएकी छिन् । त्यसपछि उनले कुनै व्यक्तिसँग वान नाइट स्ट्यान्ड खालको सम्बन्ध बनाइन् ।

एमा भन्छिन्, ‘हामी बेडमा पुग्यौं र यौन सम्बन्ध स्थापित गर्ने क्रममा कुनै चेतावनी बिना नै उनले मेरो घाँटी थिच्न सुरु गरे ।’

‘म चकित परेँ र निकै डराएकी पनि थिएँ । मैले उनलाई केही पनि भनिनँ किनभने त्यतिबेला उनले ममाथि जबर्जस्ती गर्न सक्छन् भन्ने सोचेँ ।’

एमाका अनुसार उनको पार्टनरको व्यवहार निकै हदसम्म पोर्नेग्राफीबाट प्रभावित थियो ।

 उनी भन्छिन्, ‘मलाई लाग्यो कि उनले यो सबै अनलाइन हेरेका हुन् र वास्तविक जीवनमा पनि त्यो अपनाउन चाहन्छन् ।’

यो अनुसन्धानमा सहमतिमा बनाइएको यौनसम्बन्धको क्रममा हिंसाको सामना गर्ने महिलामा ४२ प्रतिशतले त्यतिबेला उनीहरुले दबाब, बाध्यता र जबर्जस्ती महसुस गरिरहेको स्विकार गरे ।

हिंसा अब साधारण कुराः

स्टिभन पोप सेक्स एवं रिलेशनशिपमा विशेषज्ञता राख्ने मनोचिकित्सक हुन् ।

उनले बीबीसी रेडियो फाइभ लाइभसँगको कुराकानीमा आफू हिंसाको नकारात्मक प्रभावमाथि लामो समयदेखि क्रियाशील रहेको बताइन् ।  

उनले भने, ‘यो चुपचाप फैलिसकेको महामारी हो । मानिसहरुलाई यो साधारण लाग्छ तर यो निकै हानिकारक छ ।’

‘हामीले थुप्रै अवस्थामा देखेका छौं कि यसले सम्बन्धमा निकै असर पार्छ र सबैभन्दा खराब कुरा यो हो कि यस्तो हिंसालाई महिलाले स्विकार्न थालिसकेका छन् । ’

जो मानिस यस्तो हिंसा गर्छन् उनीहरुलाई यसको खतराबारे थाहा नै हुँदैन । यसबारे स्टिवन पोप चिन्तित छन् ।

स्टिवन पोप भन्छन्, ‘मानिसहरु जब मर्नबाट बच्छन् तब मलाई भेट्न आउँछन् । गला दबाउँदा जब उनीहरु सहनै नसक्ने अवस्थामा पुग्छन् तब कति पटक त बेहोस नै हुन्छन् । यो सधैं खतरनाक हुन्छ तर मानिसहरु यसबारे सोच्दैनन् ।’

यो मुद्दामा अभियान चलाउने फियोना म्याकेन्जी अनुसन्धानको निष्कर्षलाई निकै भयावह बताउँछिन् ।

फियोना भन्छिन्, ‘मैले नियमित रुपमा यस्ता महिलालाई भेटिरहेकी छु जसले सहमतिमा बनाएको यौनसम्बन्धको क्रममा यस्ता हिंसाको सामना गर्नुपरेको छ वा उनीहरुले मौखिक दुर्व्यवहार झेल्नु पर्यो । धेरैजसो अवस्थामा त महिलाले सुरुवातमा यो उत्पीडन नै हो भनेर थाहा नै पाउन सक्दैनन् ।’

फियोनाले जब सहमतिमा स्थापित गरिएको यौन सम्बन्धमा हिंसाको मामलामा बढोत्तरी देखिन् तब उनले एक अभियान समूह ‘वी क्यान नट कन्सेन्ट टु दिस, सुरु’ गरिन् ।

उनका अनुसार कतिपय अवस्थामा त यौन सम्बन्ध स्थापित गर्नेक्रममा महिलाको हत्यासमेत हुने गर्छ ।

एनाका अनुसार सेक्स निकै हदसम्म पुरुष केन्द्रीत भइसकेको छ । यसमा पोर्नोग्राफीको यति धेरै असर छ कि यसमा महिलाका लागि धेरै केही बचेको छैन ।

एनाले यौन सम्बन्धका बेला हिंसा साधारण कुरा भइसकेको बताएकी छिन् । उनी भन्छिन्, ‘उनीहरु साधारण पुरुष हुन्छन् । उनीहरुमा खासै केही नयाँ कुरा हुँदैन, तर मलाई यस्तो लाग्छ कि उनीहरु पोर्नोग्राफी अत्यधिक हेर्ने गर्छन् । उनीहरु पोर्नोग्राफी हेर्छन् र महिला यस्तै चाहन्छन् भनेर अनुमान गर्न थाल्छन् त्यो पनि नसोधिकनै ।’

यो शोध अध्ययन हालै ब्रिटिश टुरिस्ट ग्रेस मिलानेको न्यूजिल्याण्डमा भएको हत्या र हत्याका दोषी पुरुषको तर्फबाट अदालतमा ‘रफ सेक्स’बारे बताएपछि गरिएको थियो ।

ग्रेस मिलानेको हत्याका दोषीले अदालतमा रफ सेक्सको क्रममा ग्रेसको मृत्यु भएको बताएका थिए ।

अलिस हार्टे /बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप