बुधबार साँझदेखि १९ गते मध्यरातसम्म ग्लोबल आईएमई र जनता बैंकको कारोबार प्रभावित हुने
मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : ०९
काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३० घण्टाका लागि कारोबार प्रभावित हुने एक सूचनामार्फत जनाएका छन् ।
बुधबार साँझ ६ बजेदेखि बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा बन्द हुने तथा बिहीबार राति १२ बजेसम्म बैंकका सबैखाले सेवा बन्द रहने सूचनामा जनाइएको छ ।
बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमयाचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाइएको छ ।
यसैबीच ग्लोबल आईएई बैंकको राजश्व काउन्टरबाट प्रदान गरिने सेवा भने यथावत रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने