शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबी बैंक टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक

मङ्गलबार, १७ मङ्सिर २०७६, १९ : ३१
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं– एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ । 

बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो ।

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । १४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो । 

आईएसओ २७००१ मापदण्डले एनएमबी बैंकद्वारा सूचना प्रणालीको सुरक्षाका जोखिम पहिचान, व्यवस्थापन तथा जोखिम कम गर्ने प्रक्रियाका साथै व्यवसायका लागि कार्यप्रणाली र संरचना स्थापित गरेको प्रमाणित गरेको छ । आईएसओ÷आईइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रूपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डहरूमा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप