शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीको सिजी धामनजिकै आगलागी

मङ्गलबार, १७ मङ्सिर २०७६, १६ : ४८
मङ्गलबार, १७ मङ्सिर २०७६

बुटवल । पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी भएको छ । आगलागीबाट दुईओटा पसल पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।

आगलागीबाट दुवै पसल जलेर नष्ट भएको छ । आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ३० लाख बढी क्षति भएको अनुमान गरे पनि यकिन विवरण आउँन बाँकी छ भने आगलागीको कारण अझै खलेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप