एनएमबीलाई जर्मन आइएसओ २७००१ः २०१३ प्रमाणपत्र
मङ्गलबार, १७ मङ्सिर २०७६, १६ : २३
काठमाडौं । एनएमबी बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ । बैंकले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित र सुरक्षित गरेको आधारमा टभ राइल्यान्ड प्रमाणपत्र प्राप्त गरेको हो । आईएसओ प्रमाणपत्र पाएसँगै एनएमबीराइल्यान्डबाट प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक भएको छ ।
डाटा तथा सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनमा बैंक उत्कृष्ट देखिएकाले सोे प्रमाणपत्र प्रदान गरिएको राइल्यान्डले बताएको छ ।
टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निरीक्षण सेवा र आईएसओ प्रमाणिकरणमा विश्व मान्यता प्राप्त राइल्इान्ड १४५ वर्ष पुरानो र अग्रणी संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत