बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘चपली हाइट ३’ मा अर्पण भिलेन

मङ्गलबार, १७ मङ्सिर २०७६, १३ : ०२
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । भर्सटायल अभिनेता अर्पण थापा यस अगाडिका केही फिल्ममा भिलेनको रुपमा समेत देखिएका थिए । छायाँकनरत फिल्म ‘चपली हाइट ३’मा पनि उनको भिलेन अवतार रहने भएको छ । 

केही दिन पहिले निर्माण युनिटसँग जोडीएका अपर्णको फिल्म अवतारको एक तस्बिर सार्वजनिक भएको छ । निर्माण युनिटले सोमबार सार्वजनिक गरेको तस्बिरमा अपर्ण अहिलेसम्मकै फरक अवतारमा देखिएका छन् ।

आँखामा गोलो आकारको चश्मा, मुखको बाहिरी भागमा सर्जरी गरेको खाटा देख्न सकिन्छ ।तस्बिर हेर्दा फिल्म भित्र उनको भिलेन चरित्र रहेको अनुमान गर्न सकिन्छ ।

निकेश खड्काको निर्देशक रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ । 

आउँदो चैत २८ गते रिलिज मिति तोकिएको फिल्मको कथामा सस्पेन्स र थ्रिलर बिषय उठाइएको निर्माता अर्जुन ुकमारल जानकारी दिए ।

‘चपली हाइट’को अघिल्ला दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड दृश्यका कारण फिल्म हिट भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप