शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऋचा शर्माको विवाह मंसिर २१ गतेः भन्छिन्, ‘अब हामीलाई तपाईंको आशिर्वाद र माया चाहिन्छ’

मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : १३
मङ्गलबार, १७ मङ्सिर २०७६

अभिनेत्री ऋचा शर्माको विवाह मंसिर २१ गते अर्थात् डिसेम्बर ७ तरिखमा हुने निश्चित भएको छ । ऋचाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा सबैलाई आशिर्वादका लागि धन्यवाद दिँदै विवाहको मिती निश्चित गरिएको कार्ड सार्वजनिक गरेकी छिन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

उनको विवाहको कार्डमा लेखिएको छ, ‘हामीले सन् २०१९ को डिसेम्बर ७ तारिखमा लगनगाँठो कस्न लागेको खबर दिन पाउँदा हामी निकै खुसी छौं । तपाईंहरुले हामीलाई यत्तिका वर्षसम्म जति माया र शुभकामना दिनुभयो त्यसका कारण हामी कृतज्ञ छौं । अब हामीलाई जीवनको यो नयाँ यात्रामा तपाईंहरुको आशिर्वाद र माया चाहिन्छ ।’


ऋचाले केही समयअघि पोखरामा ब्याचलर्स पार्टी दिएकी थिइन् । उनले दिएको पार्टीमा अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको सहभागीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप