शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओमानमा भारतीय कामदारसँगै बस्दै आएका एक नेपालीको निधन

आइतबार, ०४ भदौ २०७४, ०९ : ०९
आइतबार, ०४ भदौ २०७४

-राजु कुमार श्रीवास्तव  

ओमान - पाँच महिना अघि रोजगारीको लागी ओमान आएका नेपाली को निधन भएको छ ।  नेपालगन्ज बसपार्क बाईपास रोड स्थायी घर भएका २४ बरर्षिय मोहन मल्लको शुक्रबार रात्री सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।

मल्ल छ महिना अघि मात्रै नेपालगन्जको कर्णाली ओभरसिज हुँदै काठमाडौको प्रोटेक्ट मेनपावरमार्फत ओमान ईन्टरनेशनल ग्रुप (OIG) कम्पनीमा कामको लागी आएका थिए । 

-उनी  बर्काको रुमेसस्थित अल मदिना नजिकैको क्याम्पमा बस्दै आएका थिए ।

-मस्कटको सिव भन्ने स्थानमामा रहेको अल दिवान कम्पनीमा उनी कार्यरत थिए । 

-शुक्रबारको दिन उनको बिदा थियो ।

-दिनभर  साथीभाईसँग सुख दुखका कुरा गरि साँझ खाना खाएर सुतेका मोहन बिहान अबेरसम्म उठेनन् ।

-पछि उनलाई उठाउन खोज्दा मृत्यु उनको भैसकेको सोही कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले रातोपाटीलाई बताए ।

कम्पनीको यो क्याम्पमा करिव १४-१५ जना नेपाली बस्ने भए पनि मृतक मोहन मल्ललाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियो । 

नेपालगन्ज भृकुटीनगरका भुपाल थापाले भावुक हुँदै भने,
-मोहन नयाँ थियो उसलाई भाषा त्यत्ति आउदैँनथ्यो ।
-राती १-२ पटक उनी कराएका थिए अरे ।
-तर नेपालिमा बोलेर होला ईन्डियनहरुले त्यत्ती ख्याल राखेनन ।
-त्यो अवस्थामा कोही नेपाली साथमा भएको भए कमसेकम  केहि सहयोग गर्न सकिन्थ्यो । तर, साथमा नहुँदा त्यस्तो गर्न सकिएन ।
-यहाँ प्राय नेपाली कामदारहरुलाई अलग-अलग कोठामा राख्ने गरिन्छ । 

पोष्टमार्टम : शनिबार बिहान उनको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खवर गरेको थियोे । घटनास्थल निरीक्षण गरेर  रोयल ओमान पुलिसले  निजको शवलाई पोष्टमार्टमको लागि लगेको छ । 

के भन्छ दूतावास ?
खवर सार्वजनिक भएपछि  यस समबन्धमा दुतावासका कर्मचारी रमेश प्रसाद आर्याल लाई सोध्दा  कम्पनीबाट अहिलेसम्म आधिकारीक जानकारी नआएको बताए । उनले भने 'सायद शनिबार बिदा परेको कारण हुन सक्छ कम्पनीले अहिलेसम्म केही जानकारी नदिएको । आईतवार कार्यालय खुल्छ कम्पनीको तर्फबाट आधिकारिक जानकारी आएपछि यो घटनाको विषयमा आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।'

सोहि कम्पनीमा कार्यरत नाताले शोल्टी पर्ने दैलेखका बिवश बहादुर शाहिका अनुसार,
-उनको तीन महिनाको छोरा छ ।
-करिव डेढ दुई वर्षअघि उनले विवाह गरेका थिए ।
-मोहनको परिवारमा श्रीमति, छोरा दाई भाउजुको परिवार छन् । 

घटनाको बारेमा बिवशले फोन गरेर शनिबार परिवारलाई जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप