शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा भारतको विरोधमा प्रदर्शन

सोमबार, १६ मङ्सिर २०७६, २२ : ४३
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ । 

सोमबार गैरआवासीय नेपाली संघ (बेलायत) को अगुवाइमा लण्डनस्थित भारतीय दूतावास अघि भएको प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपालीहरुको सहभागिता रहेको थियो । 

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वान भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर, विबादित नक्सा खारेज गरलगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए।

 प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभाग नेपालको भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका थिए । 

भारतले केही पहिलो सार्वजनिक गरेको राजनीतिक नक्साको देशसहित विश्वभर रहेका नेपालीले विरोध गर्दै आएका छन् । नेपाल सरकारले पनि लिपुलेक नेपाली भूमि रहेको भन्दै कुटनीतिक माध्यामबाट समस्याको समाधान गर्न पहल भइरहेको जनाएको छ । तर, भारतले भने नक्सामा नेपाली भूमि नसमेटिएको दावी गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप