मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रौँ साग: महिला भलिबलको कास्य श्रीलङ्कालाई

सोमबार, १६ मङ्सिर २०७६, २२ : २५
सोमबार, १६ मङ्सिर २०७६

काठमडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको हो ।

श्रीलङ्काले पहिलो सेट २५–२१ अङ्कले जितेको थियो । त्यसपछि श्रीलङ्काले लगातार दुई सेट जित्यो । श्रीलङ्काले दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–८ अङ्कले जितेको हो । महिला भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा नेपाल र भारतबीच खेल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप