शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश- ५ को लालपुरमा राजपाको स्थानीय सत्ता

सोमबार, १६ मङ्सिर २०७६, २० : ५८
सोमबार, १६ मङ्सिर २०७६

 
बुटवल । पाँच नम्बर प्रदेशस्थित कपिलबस्तुको शिवराज नगरपालिका– १० लालपुरमा  राजपा नेपालले स्थानीय सत्ता निर्माण गर्न सफल भएको छ । यसअघि भएको स्थानीय निवार्चनलाई बहिस्कार गरेको राजपा नेपालले उपनिर्वाचनलाई सदुपयोग गर्दे १० लालपुरमा स्थानीय सत्ता बनाएको छ ।

राजपाको उम्मेदवार मन्जु मिश्रले जित हाँसिल गरेसगै राजपाको स्थानीय सत्ता कायम भएको राजपा केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले रातोपाटीलाई बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधनपछि रिक्त रहेको पदमा राजपाले बाजी मारेको हो ।

पाँच नम्बर प्रदेश अन्य ठाँउमा राजपा नेपालले उम्मेदार नउठाई शक्ती संञ्चयरुपमा कपिलबस्तुको लालपुरमा केन्द्रीत भएको थियो । जसका लागी प्रदेशसभा सदस्य कल्पाना पाण्डेयले पटक पटक कपिवस्तुमा पुगेर स्थानीय सत्ता निर्माणका लागि चुनाव जित्ने रणनिती तय गरेको बताइन् । पाण्डेय राजपाकी प्रदेशसभा एक्की सदस्य हुन् ।

उक्त वडाको अध्यक्षका लागि ७ राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवार गरी १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा लामो समयदेखि राजनीति गर्दे आएकी राजपाकी उम्मेदवार मिश्रले ८ सय ६८ मत ल्याई विजयी भएकी हुन् । 

उनका श्रीमान् राजु मिश्र पनि राजपाका नेता हुन् । उनी प्रदेशसभा उम्मेदवार बनेपनि जित हात पार्न सकेका थिएन् । मिश्रको वडा अध्यक्षमा जितेपछि सोमबार कपिबलस्तुमा पार्टीले विजय उत्सव मनाएको छ । उक्त सभामा प्रदेशसभा सदस्य पाण्डेयले पाँच नम्बर प्रदेश आफ्नो पार्टीको स्थानीय सत्ता बन्नको लागी उपनिर्वाचन लाभदाहिक बनेको बताइन् । 

उनले राजापालाई जनताको पक्षमा नमुनाको रुपमा काम गर्ने कपिलबस्तुको लालपुरलाई उदाहरण बनाउन विजेता मिश्रलाई आग्रह गरिन् । उनले भनिन्, ‘म पनि पार्टीको तर्फबाट प्रदेश सभामा एक्लै छु तपाई पनि स्थानीय तहमा एक्लै हुनुहन्छ । तर काम गर्दे जाँदा जनता हाम्रा बन्ने छन् ।’

राजपाले कपिबस्तुको लालपुर सहित देशका ३ वटा वडामा जित हासिल गरेको छ । राजपा नेपालले सप्तरीको छिन्नमाता गाउँपालिका वडा नम्बर ३ र महोत्तरीको मटिहानी–६ मा जित हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप