शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा शाहद्वारा रुपन्देहीको पर्रोहा धामको दर्शन

सोमबार, १६ मङ्सिर २०७६, २० : ३७
सोमबार, १६ मङ्सिर २०७६

बुटवल । प्रदेश– ५ का विभन्न शक्तिपीठको दर्शनका लागि साताव्यापी भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको सैनामैनास्थित पर्रोहा  बोलबम धाममा पूजाआजा गरेका छन् । 

आइतबारदेखि सुरु भएको साताव्यापी भ्रमणका क्रममा दोस्रो दिन आज (सोमबार) पूर्वराजा शाह रुपन्देहीको कोटिहवास्थित होटेल टाइगर प्यालेसबाट आफै कार चलाएर पर्रोहा मन्दिर पुगेका हुन् ।

उक्त मन्दिरमा रहेको ज्योतिर्लिङ्गलाई स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ । पूवराजा शाहको स्वागतका लागि रानिबगिया चोकमा र मन्दिर पुग्ने बाटोमा सयौंको संख्यामा उनका पक्षधर फूल मालासहित जम्मा भएर बसेका थिए ।

राष्ट्रिय झण्डासहित पूर्वराजा शाह र कोमलका तस्वीर अंकित ब्याच र शिव सेना नेपालको पहेंलो रंगको ज्याकेटमा उपस्थित उनीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए । मन्दिर पुगेपछि पवूराजा शाहलेले करिब २५ मिनेट पुजाआज गरेका थिए । 

पूजाआजापछि उनी सैनामैनाकै मुर्गिया बजार हुँदै रूपन्देहीको तिलोत्तमास्थित टाईगर प्यालेस रिसोर्ट फर्केका छन् । मुर्गिया बजारमा समेत सयौंको संख्यामा उपस्थित सर्वसाधारणले उनलाई स्वागत गरेका थिए । उनलाई पुष्प गुच्छा दिन, हात मिलाउन र फोटो खिच्न सर्वसाधारणबीच ठेलमठेल भएको थियो । उक्त  भीड सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।

पूर्वराजा शाह १७ गते रुपन्देहीको मर्चवारस्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगेको पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्हीस्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप