सनराइज बैंकको खनारमा १२६ औं शाखा
सोमबार, १६ मङ्सिर २०७६, १९ : ५३
काठमाडौं– आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ ।
यसै क्रममा बैंकले सुनसरी स्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।
हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा ए.टी.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत