केन्द्रीय संस्करण

एसपी नै ग्राहक बनेर पनौती जाँदा ५ जना पुगे हिरासतमा

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline0
file photo

काठमाडौँ । करोडौँ रुपैयाँको लोभमा अवैध गतिविधि गर्ने पाँचजनाको समूह महानगरीय अपराध महाशाखाको फन्दामा परेका छन् । एक लाखको पत्थर देखाएर करोडौँको कारोबार गर्न खोज्न उक्त समूहलाई काभ्रेको पनौतीबाटअपराध महाशाखाको विशेष टोलीले नियन्त्रणमा लिएको हो । 

अपराध महाशाखाको फन्दामा पर्नेहरुमा काभ्रे बेथानचोक गाउँपालिका–४ घर भई पनौती बस्दै आएका ६२ वर्षीय नवराज खड्का र झापा गौरादह नगरपािलका–१ घर भएका ३८ वर्षीय हरि खापुङ रहेका छन् । 

यस्तै झापा शिवसत्राक्षीधाम नगरपालिका–४ घर भएका ३७ वर्षीय यमकुमार गिरी, मोरङ बुढीगंगा गाउँपालिका–५ घर भएका २५ वर्षीय लोकबहादुर सार्की र रौतहट चन्द्रपुर नगरपालिका–१ घर भएका ३३ वर्षीय भीमबहादुर लामा रहेका छन् ।

पनौती बजारमा गैरकानुनी रुपमा विभिन्न पत्थरहरु ओसारपोसार गरी करोडौं मूल्य पर्ने भनि झुक्याई कारोवार हुन्छ भन्ने विशेष सूचना आएपछि मंसिर १२ गते महाशाखाबाट टोली खटाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । 

एसएसपी थापाले भने, ‘करोडौँ मूल्यको धातुको कारोबार हुने सूचना पाउनेबित्तिकै व्यापारीको भेषमा महाशाखाका एसपी ईश्वर कार्कीको कमाण्डमा टोली खटाइएको हो ।’

सादा पोसाकमा हतियारसहित पनौती पुगेका खटिएका एसपी कार्की आफै सुरुमा ग्राहक बनेर उनीहरुसँग सामान डिल गर्न पुगे । डिल गर्ने क्रममा उनीहरुले सुरुमा एसपी कार्कीलाई नक्कली धातुको पत्थर देखाएर झुक्याउने प्रयास गरेका थिए । 

एसपी कार्की भन्छन्, ‘सुरुमा उनीहरुले धातु देखाउन मानेका थिएनन् । पछि अनेकथरी भनेर कन्मिन्स गरेपछि धातुको पत्थर देखाउन मानेका हुन् । धातु देखाउने बित्तिकै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।’

प्रहरीले उनीहरुको साथबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबीहरु समेत गरी जम्मा ५,०६१.९९ क्यारेट र  पहेंलो धातुमा जडित औंठी ८.९३ ग्राम फेला पारी बरामद गरेको छ । 

उनीहरुको साथबाट बरामद सामानलाई परिक्षणका लागि नेपाल रत्न तथा आभूषण संघमा पठाइएको महाशाखाले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विभानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.