बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मूल्य

सोमबार, १६ मङ्सिर २०७६, १९ : १९
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो। 

निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको जनाएको छ। 

निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । यता नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप