बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो ‘पिम नेपाल फिल्म फेष्टिबल’ धनगढीमा

सोमबार, १६ मङ्सिर २०७६, १९ : १८
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । नेपाली कला संस्कृतिको प्रचार प्रसार गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघु चलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले धनगढीमा ‘पिम नेपाल फिल्म फेष्टिबल २०७६’ आयोजना हुने भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपालले गत वर्षबाट सुरु गरेको यो फेष्टिबलको दोस्रो संस्करण पुस २४, २५ र २६ गते धनगढीको रंगशालामा आयोजना गर्न लागेको हो ।

फेष्टिबलमा यर्थाथपरक विषय, नेपाली कला–संस्कृति, प्राकृतिक सुन्दरता, स्वास्थ्य शिक्षा लगायत विषयमा निर्माण भएका चेतना र सूचना उदेश्यका चलचित्र तथा चलचित्र मेकरलाई प्रोत्साहन गर्दै नेपाली भाषा, भेषभुषा र संस्कृतिको प्रचार गरिने आयोजक पावर इन्टरनेशनल मिडिया नेपालका प्रमुख माधव खरेलले जानकारी दिए ।

गतवर्ष राजधानीको भृकुटीमण्डपमा पुस २, ३ र ४ गते आयोजना भएको फेष्टिबल यस बर्ष धनगढीमा आयोजना हुन लागेको हो । फेष्टिबलमा नेपाली कथानक चलचित्र,वृत्तचित्र,लघुचलचित्रको प्रदर्शनी समेत गरिने आयोजक समितिले जानकारी गराएको छ ।

फेष्टिबलले फिल्म मेकर्सहरुलाई अन्तर्राष्ट्रिय स्तरको चलचित्र, वृत्तचित्र, लघुचलचित्र निर्माण गर्न प्रोत्साहन मिल्ने र  पर्यटन वर्ष २०२० लाई समेत सघाउ पुग्ने विश्वास आयोजकले लिएको छ । फेष्टिबलमा कार्यक्रममा चर्चित गायक गायिकाको समेत संगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप