शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फेसअफ प्लस टु’ ले देखाए ट्यालेन्ट

सोमबार, १६ मङ्सिर २०७६, १९ : ०५
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । किशोर र किशोरीहरु सहभागी सौदर्य प्रतियोगिता ‘फेसअफ प्लस टु २०१९’का प्रतियोगिले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । ‘ट्यालेन्ट’ उपाधिका लागि उनीहरुले आफुमा रहेको गायन, नृत्य, बक्तित्वकला लगायतका विषयमा ट्यालेन्ट देखाएका हुन् । 

सुनौलो संसार म्यानेजमेन्टद्वारा आयोजित ‘फेसअफ प्लस टु’ ग्रेस इन्टरनेशनले किशोर तथा किशोरीका सौन्दर्य तथा प्रतिभा निखार्ने उदेश्यले आयोजना गरेको हो । प्रतियोगितामा किशोर तर्फ १८ जना र किशोरी तर्फ १४ प्रतियोगी रहेका छन् । 

प्रतियोगिताको ट्यालेन्ट राउण्डको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पा रहेका थिए । प्रतियोगिताको अन्तिमस्पर्धा मंसिर २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने आयोक संस्थामा निर्देशक नारायण थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप