बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तेह्रौँ साग: पुरुष भलिबलको कास्य श्रीलङ्कालाई

सोमबार, १६ मङ्सिर २०७६, १८ : ४१
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो । 

बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो । त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् । 

यस्तै महिला भलिबलतर्फ कास्य पदकका लागि अहिले बङ्गलादेश र माल्दिभ्सबीच खेल भइरहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप