३० स्थानमा नेकपा र १३ स्थानमा काँग्रेस विजयी, ९ स्थानमा अन्य दल (नामावलीसहित)
काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् ।
नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए र उनी नै विजयी भए ।
यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।
प्रतिनिधिसभा तर्फ कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी भइन् भने प्रदेश तर्फभने काँग्रेस र नेकपा उम्मेदवारले १–१ स्थान विजय हासिल गरे । यस्तै एक प्रदेशसभामा नेकपा समर्थित जनमार्चा उम्मेदवारले विजय हासिल गरे ।
भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) मा काँग्रेस, बागलुङनिर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चा र दाङनिर्वाचन क्षेत्र नं ३ (२) मा नेकपा उम्मेदवार विजयी भएका हुन् ।
यस्तै धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार विजयी भए भने गाउँपालिकातर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भए ।
यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर