बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मह’ जोडीलाई मनपर्‍यो ‘सरौतो’

सोमबार, १६ मङ्सिर २०७६, १४ : ५०
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । एक्सन रिभेन्ज स्टोरी रहेको फिल्मको प्रस्तुतिकरण दर्शकले मन पराएको निर्देशक हरि हुमागाइले बताए । निर्माण युनिटले हालै फिल्मको विशेष शो समेत राखेको थियो । उक्त शोमा ‘मह’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, दीपकराज गिरी, केदार घिमिरे लगायत कलाकारको उपस्थिति रहेको थियो । 

फिल्म आफुलाई रमाइलो लागेको शो पछि कलाकार मदनकुष्ण श्रेष्ठले बताए । ‘चाइनिज या जापनिज फिल्म हेरेजस्तो लाग्यो । एक्सन तारिफ योग्य छ’ ? श्रेष्ठले भने ‘यसले अन्याय सहनु हुँदैन भनेर हौसला बढाएको छ ।’ फिल्मबाट दर्शकले मनोरन्जन पाउने उनको भनाई थियो ।

त्यस्तै हरिवंश आचार्यले टेक्निकल्ली रुपमा फिल्म निकै बलियो भएको प्रतिक्रिया दिए । ‘नेपालमा एक्सन फिल्म यो लेभलको बन्छ भन्ने सोचेको थिइन्’ आचार्यले भने ‘एक्सनको तारिफ गर्न सकिने फिल्म मध्ये एक सरौतो हो ।’ 
दीपकराज गिरी र केदार घिमिरेले पनि फिल्म मनोरञ्जनको प्याकेजको रुपमा चर्चा गरे । फिल्ममा सुमी मोक्तान, लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, विजय लामा, धिरेन शाक्य,युवराज लामा, मनिषा पुनमगर,प्रतिक दुलाल लगायतको अभिनय रहेको छ । 

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म अभिनेत्री सुमी मोक्तानको भरपुर एक्सन रहेको छ ।  राघव कृष्ण गौतमको लेख, उत्तम हुमागाईको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर, ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ ।
छायाँकारको रुपमा परिचय बनाएका हरि हुमागाइले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप