शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साइप्रसबाट २२ बर्षकी यमुनाको यस्तो आयो रिपोर्ट

आइतबार, ०४ भदौ २०७४, ०७ : ०३
आइतबार, ०४ भदौ २०७४

साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो ।

गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् ।

अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो । आजको कान्तिपुरमा खबर छ ।

दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल  नियुक्ति गरिसकेकी छन् ।

वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप