शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मेन्द्रको खेतमा फले ‘हिरा मोती’, खुसी हुँदै सेयर गरे भिडियो

सोमबार, १६ मङ्सिर २०७६, १२ : ५०
सोमबार, १६ मङ्सिर २०७६

८३ वर्षका बलिउड अभिनेता धर्मेन्द्र अहिले फिल्मबाट टाढा छन् तर उनी सोसल मिडियामा आफ्नो प्रशंसकबीच निकै सक्रिय छन् । फिल्मी दुनियाँबाट टाढा उनी यतिबेला आफ्नो खेतमा अत्यधिक समय बिताउँछन् । त्यहाँ उनी खेती किसानीमाथि पनि ध्यान दिइरहेका छन् । उनले अब आफ्नो फार्म हाउसको एउटा नयाँ भिडियो सेयर गरेका छन् । त्यसमा उनले खेतमा फलेका फल देखाइरहेका छन् । यसलाई उनले हिरा मोती बताएका छन् । यो भिडियामा धर्मेन्द्र आफैं पनि छन् जो आफूले दुःख गरेर फलाएको फल देखेर निकै खुसी देखिएका छन् ।

नायक धर्मेन्द्रले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो भिडियो सेयर गरेका छन् । यसमा उनले क्याप्सन पनि लेखेका छन्, ‘किसानको...हिरा मोती...खुसीको...पल...महसुस गर्नुहोस्..। सबैलाई माया ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप