बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग किन डराउने ?

आइतबार, ०४ भदौ २०७४, ०६ : ४०
आइतबार, ०४ भदौ २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग यस्तो असन्तुष्टि पोखेकी हुन् ।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

आफूसँग परामर्शका लागि शनिबार बिहान शीतलनिवास आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, राहत बाँडेर बस्नुपर्ने बाध्यता छ । डुबान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ? तथ्यसहित कुरा गर्ने प्रक्रियामा जानुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप