प्रियंकाले निकलाई विवाहको पहिलो वर्षगाँठमा भनिन्, ‘मलाई खोजेकोमा धन्यवाद’
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेको आज एक वर्ष पूरा भएको छ । पहिलो वर्षगाँठमा प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् ।
प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, ‘मेरो वचन.. त्यतिबेला..आज...सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश...सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । साथै, हरेक ती व्यक्तिलाई धन्यवाद जसले हामीलाई प्रेम र आशिर्वाद दिनुभयो । हामी अत्यधिक खुसी छौं ।’
मनैदेखि प्रेम गर्छु तिमीलाईः
निक जोनसले पनि आफ्नो सोसल मिडिया अकाउन्टमा क्रिश्चियन वेडिङको तस्बिर सेयर गरेकी छिन् । साथै उनले लेखेका छन्, ‘एक वर्षअघि हामी सधैंका लागि एक अर्काको भयौं । म तिमीलाई मनैदेखि प्रेम गर्छु प्रियंका, विवाहको वर्षगाँठको शुभकामना ।’
प्रियंका चोपडालाई माराकेच इन्टरनेशनल फिल्म फेस्टिबलले उनको उपलब्धिलाई सम्मानित गर्ने घोषणा गरेका छ । यो सम्मान ऐतिहासिक स्थल जेमा एल फना स्क्वायरमा दिइनेछ । कुनै भारतीय सेलिब्रिटीलाई उक्त फेस्टिबलमा व्यक्तिगत रुपमा सम्मानित गरिएको यो पहिलो घटना हुनेछ । यस्तै निक जोनर र जोनस ब्रदर्सको गीत ‘सकर फर यू’ पनि ग्रामी अवार्डस् २०१९ को क्याटगरी विशेषमा नोमिनेट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा