शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रजनीकान्तसँग थियो सिल्क स्मिताको सम्बन्ध, रहस्यमयी थियो मृत्यु

सोमबार, १६ मङ्सिर २०७६, १० : २०
सोमबार, १६ मङ्सिर २०७६

दक्षिण भारतीय सिनेमामा सिल्क स्मिताको जादु अत्यधिक चल्थ्यो । तमिल र तेलुगुका अत्यधिक फिल्ममा उनको अभिनय रह्यो । सिल्क स्मिताको जन्म सन् १९६० डिसेम्बर २ मा भएको थियो । सिल्कको वाल्यकाल निकै संघर्षमयी तरिकाले बितेको बताइन्छ  । सिल्कले आफ्नो करियरमा अत्यधिक फिल्ममा काम गरिन् । साउथ इन्डष्ट्रिका ठूला नायक रजनीकान्त र कमल हसनसँग पनि उनको निकै राम्रो सम्बन्ध रह्यो । यी दुई नायकसँग सिल्कले काम गरिन् । तर रजनीकान्तसँग नायिकाको अफेयरको खबर थियो ।

८० को दशकमा कमल हसनसँग काम गरेर रातारात स्टार बनेकी यी नायिका बोल्ड इमेजका लागि परिचित छिन् । सिल्कले थुप्रै बी ग्रेड फिल्म अझ भनौं सफ्ट पोर्न फिल्ममा काम गरिन् । रजनीकान्त र सिल्कले थुप्रै फिल्ममा काम गरे । यसमा सन् १९८३ मा रिलिज भएको फिल्म जीत हमारी हुई, थंगा मगन, पायम पुली र सिवाप्पु सूर्या चर्चित छन् । यी फिल्ममा उनीहरुको नृत्य निकै विवादास्पद रह्यो ।

चुरोटले सिल्कको शरीरमा दाग बनाइदिन्थे रजनीकान्तः

रिपोर्टलाई मान्ने हो भने परिवार भएतापनि राजनीकान्त सिल्कतर्फ झुक्न थालेका थिए । खबरलाई विश्वास गर्ने हो भने दुबैबीच अफेयर थियो र यससँगै यो पनि चर्चा थियो कि रजनीकान्तले चुरोटले सिल्कको शरीरमा दाग पनि बनाउँथे । यद्यपि, यी कुराको प्रस्ट प्रमाण भने छैन । सिल्क स्मिताले अत्यधिक नाम र दाम कमाइन् तर उनले आफ्नो जीवनमा कहिले पनि चैन पाइनन् । उनको मृत्यु रहस्यमयी रह्यो । थुप्रै रिपोर्टका अनुसार सन् १९९६ मा सिल्कले आत्महत्या गरिन् । तर उनको मृत्यु कसरी भयो भनेर कुनै ठोस् प्रमाण भने पाउन सकिएन । सन् २०११ मा रिलिज भएको विद्या बालन अभिनित फिल्म ‘डर्टी पिक्चर’ सिल्क स्मिताको जीवनमा आधारित हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप