शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमती सम्झदै देवानन्दले भने-'यो मन सम्हाल्न निकै कठिन हुन्छ'

आइतबार, ०४ भदौ २०७४, ०६ : ३९
आइतबार, ०४ भदौ २०७४

बर्का - घरमा बाढी पसेपछि महेशवारी इटहर्वा सिरहाका देवानन्द चौधरीलाई आमनमा एकछिनपनि बस्न मन छैन ।

३७ बर्षका उनी राजधानी मस्कटबाट ६० किमि टाढा बर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा च्याउ काट्ने काम गर्छन् । 

दुइ सय कामदार रहेको त्यो कम्पनीमा ६० जना नेपाली छन् ।

डुबानले घर भत्किएको छ । घरमा पाँच बर्षे छोरा र गर्भवती श्रीमती मात्रै छन् ।

डिउटी सकेर क्यम्पमा आइपुगेका चौधरीले भने, 'घरबाट घरीघरी आउने पीडादायी खबरले यो मन सम्हाल्न निकै कठिन हुन्छ ।'

चौधरीको घर कमला र बलननदीको बीचमा पर्छ । भारतले बनाएको बाँधका कारण यी नदीले सहज निकास नपाउँदा आफ्नो गाउँ डुबेको दाबी गर्छन् उनी । 

त्यहाँ कार्यरत अन्य नेपाली पनि निकै चिन्तामा छन् । आजको कान्तिपुरमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप