केन्द्रीय संस्करण

एभर्टनलाई हराउँदै लेस्टर दोस्रो स्थानमा

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline0

एभर्टनमाथि पुनरागमन जित निकाल्दै लेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लेस्टरले एभर्टनलाई २–१ गोलले हरायो । लेस्टरको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनको सुरुवाती गोल सान्तवना बनेको थियो ।

लेस्टरले २५औं मिनेटमा रिचार्लीसनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा पछि परेको लेस्टरले ६८औं मिनेटमा बराबरी गोल फर्कायो । जेमी भार्डीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा केलेचीले गोलगर्दै लेस्टरको जित पक्का बनाएका थिए ।

जितसँगै लेस्टरले १४ खेलबाट ३२ अंक बनाएको छ । १४ अंक बनाएको एभर्टनले रेलिगेसन लाइन मात्र छलेको छ ।शीर्ष स्थानमा रहेको लिभरपुलको ४० अंक छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ । चौथो स्थानमा रहेको चेल्सीको २६ अंक छ ।

यसैगरी अर्को खेलमा म्याचेस्टर युनाइटेड एस्टन भिल्लाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । युनाइटेडका लागि निल्ससन लिनलफलले गोल गरे । अकोृ गोल युनाइटेडले उपहार पाएको थियो । एस्टन भिल्लाका ज्याक ग्रियलिस र ट्योरोनी मिङ्सले गोल गरे । बराबरीसँगै १८ अंक बनाएको युनाइटेड नवौं स्थानमा छ । अन्य खेलमा आर्सनलले नर्विच सिटीसँग २–२ तथा  वल्भ्स र सेफिल्ड युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...