शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको निर्णायक गोलसँगै बार्सिलोना शीर्ष स्थानमा

सोमबार, १६ मङ्सिर २०७६, ०८ : ३७
सोमबार, १६ मङ्सिर २०७६

एजेन्सी । लियोनल मेस्सीले निर्णायक गोल गरेपछि साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिकोे म्याड्रिडलाई १–० गोलले हरायो ।

एथ्लेटिकोेको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे । मेस्सीले ८६औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । जितसँगै बार्सिलोनाले १४ खेलबाट ३१ अंक बनाएको छ । छैटौँ स्थानमा रहेको एथ्लेटिकोे २५ अंक छ ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको पनि ३१ अंक छ । रियल गोल अन्तरका आधारमा पछि परेको हो । आइतबार रातिनै भएको अन्य खेलमा लेगानेसलाई १–० गोलले हराउँदै सेभिल्ला तेस्रो स्थानमा उक्लिएको छ ।

सेभिल्लाको जितमा डियगो कार्लोसले ६३औं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै सेभिल्लाले ३० अंक बनाएको छ । ६ अंकमा सिमिति लेगानेस तालिकाको अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप