बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा आज १२ खेल हुँदै

सोमबार, १६ मङ्सिर २०७६, ०८ : २६
सोमबार, १६ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार) विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुनेछ । आजै सातदोवाटो स्थित तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । 

यसैगरी कराँते, पुरुष फुटबल, खो खो टेबलटेनिस, टेनिस, गल्फ र महिला पुरुष भबिलको कांस्य पदकका लागि भिडन्त हुनेछ । पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन खेल हुँदैछ ।

तेक्वान्दोसँगै कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्ण पदकका लागि भिडन्त हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबलमा बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । 

सागको औपचारिक उद्घाटन आइतबार साँझ भब्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिेकी थिईन् । उद्घाटन सत्रको मार्चमापमा नेपालको झण्डा ओलम्पियन एवं भारोत्तोलन खेलाडी कमल अधिकारीले बोकेका थिए ।

सागको ओलम्पिक टर्च ओलम्पियन दिपक बिष्टले बालेका थिए । खेलाडीकोतर्फबाट क्रिकेटर पारस खड्का र निर्णायकको तर्फबाट ब्याडमिन्टन अम्पायर दिपक थापाले सपथ खाएसँगै साग खेलकुदको औपचारिक सुरुवात भएको हो । यद्यपी साग भबिलका खेलहरु पाँचदिन अघिनै सुरु भएको थियो । 

भलिबलमा नेपाली महिला टोली फाइनलमा पुगिसकेको छ । फाइनलमा मंगलबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पुरुष भलिबल टोली भने समूहचरणबाटै बाहिरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप