शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै अनुयायी बलात्कारको आरोपमा सिद्धबाबा आईसीयूबाटै पक्राउ

सोमबार, १६ मङ्सिर २०७६, ०८ : १२
सोमबार, १६ मङ्सिर २०७६

सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने  कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरिएको हो । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
 
बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले जानकारी दिए । 

उनलाई  इनरुवा अस्पताल सुनसरीमा कडा सुरक्षाको साथ राखिए छ । प्रवक्त शर्माले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए । 

सोमबार बिहानै भक्तजनसँग पूनः भेटघाट सुरु गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रवक्त शर्माल बताए । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप