शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१३ औँ सागको भव्य उद्घाटन, ३५ तस्बिरमा हेर्नुहोस्

आइतबार, १५ मङ्सिर २०७६, २० : ४६
आइतबार, १५ मङ्सिर २०७६

-सुवास श्रेष्ठ र कृष्ण खड्का

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ । 

दशरथ रंगशालामा आयोजित सो विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन  गरेकी हुन् । 

तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिएको थियो । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो। सातवटै देशका खेलाडीको मार्चपासबाट सुरु भएको उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुती दिएका थिए । 

सेना, प्रहरी र शसस्त्र प्रहरीको ब्यान्डले छुट्टै प्रस्तुती पनि रहेको थियो । 

उद्घाटन समारोहमा आतासबाजी देखि लेजर बिम, लाइटिङ, इलेक्ट्रोनिक कलाले पनि उद्घाटन सत्रलाई थप रोमाञ्चक बनाएको थियो । 

 पाँचसय भन्दा बढी बाध्यबादकले नेपालको विभिन्न मौलिक बाजा बजाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप