
ADVERTISEMENT
भारत र पाकिस्तान फाइनलमा

काठमाडौं । भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–१ को सेटमा हरायो । रोचक खेलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५, २५–२१ ले स्तब्ध बनायो ।
यसैगरी अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० सोझो सेटमा हरायो पाकिस्तानले बंगलादेशमाथि २५–१५, २५–२१, २६–२४ को जित निकालेको थियो । स्वर्णका लागि मंगलबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । महिलातर्फ भने भारत र नेपालबीच फाइनल भिडन्त हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ