शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

७ नम्बर प्रदेशबाट प्रेस सेन्टरका भट्ट बने केन्द्रीय सदस्यका उम्मेदवार

शनिबार, ०३ भदौ २०७४, २१ : ५८
शनिबार, ०३ भदौ २०७४

नेपाल पत्रकार महासंघको आइतबारदेखि शुरु हुने २५ औं महाधिवेशनमा प्रेस सेन्टर नेपालबाट प्रदेश नम्बर ७ को केन्द्रीय सदस्यमा श्याम भट्ट उम्मेदवार बन्ने भएका छन् । 

महासंघको महाधिवेशनमा कांग्रेस निकट संगठन प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले सहकार्य गरेका छन् ।

दुई संगठनवीच प्रदेश नम्वर ७ मा एक–एक केन्द्रीय सदस्य लिने सहमति बनेको थियो ।

प्रेस सेन्टरको प्रदेश नम्वर ७ को बैठकले भट्टलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

प्रेस सेन्टरको शुक्रवार दिउँसो बसेको बैठकमा प्रदेश नम्वर सातका प्रचार विभाग प्रमुख ओमविक्रम भाट तथा प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा उपस्थित थिए ।
 
केन्द्रिय सदस्यको लागि प्रेस सेन्टरका सचिव पहल साउद, प्रदेश संयोजक रामसिंह ठगुन्ना, श्याम भट्ट,हाल महासंघमा केन्द्रिय सदस्य रहेका भवानी ऐर, अशोक पाण्डेय र भुवन बोहरा आकांक्षी थिए ।

सुदुरपश्चिमबाट प्रकाशित हुने सुदुर सरोकार दैनिकका संस्थापक सम्पादक भट्ट डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप