शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा. लोहनी चढेको गाडीलाई ट्रकले ठक्कर दियो

शनिबार, ०३ भदौ २०७४, २१ : ५५
शनिबार, ०३ भदौ २०७४

काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी दुर्घटनामा परी घाइते भएका छन् ।

नयाँ बानेश्वरस्थित पार्टी निकट राष्ट्रवादी विद्यार्थी संघको कार्यालय उद्घाटन गर्न जानेक्रममा उनी सवारीलाई चावहिलमा भाडाको ट्रकले पछाडिबाट ठक्कर दिएको पार्टीका प्रचार विभाग सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

अध्यक्ष लोहनीले घुँडामा चोट लागेका कारण धुम्रबाराहीस्थित निवासमा आराम गरिरहेका छन् । प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप