बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको मटिहानी–६ मा राजपाका उम्मेदवार विजयी

आइतबार, १५ मङ्सिर २०७६, ११ : ३२
आइतबार, १५ मङ्सिर २०७६

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक विजयी भएका छन् ।

नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए  भने नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएका थिए ।

त्यस्तै, नेपाली काँग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा झाले बताइन् ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप