शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुईवटा फिल्ममा एउटै लुगा लगाएको भन्दै ट्रोल भए अक्षय कुमार

आइतबार, १५ मङ्सिर २०७६, ११ : १८
आइतबार, १५ मङ्सिर २०७६

बलिउडका नायक अक्षय कुमार एक वर्षमा सबैभन्दा धेरै फिल्ममा अभिनय गर्ने नायकको रुपमा परिचित छन् । हाउसफूल ४ पछि अब उनको फिल्म गुड न्यूज पनि चाँडै नै सिनेमाघरमा रिलिज हुने तयारीमा छ । तर उनको भूमिकाभन्दा उनको कपडाको चर्चा भइरहेको छ । वास्तवमा, गुड न्यूज र हाउसफुल ४ मा एउटै लुगा लगाएको भन्दै प्रयोगकर्ताले अक्षयलाई ट्रोल गरेका छन् ।

अक्षयको फ्यान पेजमा एक प्रयोगकर्ताले हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् । यसमा अक्षय एउटै कपडा र एउटै हेयरस्टाइलमा देखिएका छन् । ती दुई फोटोमध्ये एउटा अक्षयको आउँदो फिल्म गुड न्यूजको हो भने अर्को फोटो हाउसफूल ४ को हो । यो क्लोज रिपिटेशनका लागि प्रयोगकर्ताले अक्षयको मुभी बजेटको मजाक उडाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप