बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर–१ (क) मा कांग्रेस जित नजिक, १२ बजेसम्म अन्तिम नतिजा आउने

आइतबार, १५ मङ्सिर २०७६, ११ : ०७
आइतबार, १५ मङ्सिर २०७६

भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्याका पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । 

आइतबार बिहान १० बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ ।

जसअनुसार काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले  १३०८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले १०६९४ मत प्राप्त गरेका छन् । 

यसैगरी, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन् । 

अब वडा नम्बर १० को मात्रै मतगणना हुन बाँकी रहेको र १२ बजेसम्म अन्तिम नतिजा आउने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप