बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन प्रदेशतर्फः भक्तपुरमा काँग्रेसको फराकिलो अग्रता, दाङमा मतगणना सुरु, बागलुङमा ढिलाइ

आइतबार, १५ मङ्सिर २०७६, ०९ : २६
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाएका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् । 

उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढकालले ७ हजार ९५९ मत ल्याएका छन् । यस्तै मजदूत किसान पार्टीका निरज लवजूले २२ सय ४७ मत ल्याएका छन् । 

यस्तै दाङ प्रदेशसभा क्षेत्र नम्बर ३ (ख)मा मतगणना सुरु भएको छ । यस्तै बागलुङ २ (ख)मा भने ढिलाइ भएको छ । मतपेटिका संकलनका क्रममा रहेकाले केही ढिलाइ हुन पुगेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप