शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घोराही–१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका डाँगी निर्वाचित

आइतबार, १५ मङ्सिर २०७६, ०८ : ४२
आइतबार, १५ मङ्सिर २०७६

बुटवलको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका उम्मेदवार  विजयी भएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई १०५ मतले पछी पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका थिए । डाँगीले प्रतिष्पर्धी एक सय ५ मतले पछि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो भएका थिए । 

त्यस्तै, गरि संघीय समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका थिए ।

वडा नं. १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जस मध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नं. १६ मा उपनिर्वाचन भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप