शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु नगरपालिका–१० मा राजपा विजयी

आइतबार, १५ मङ्सिर २०७६, ०८ : ३६
आइतबार, १५ मङ्सिर २०७६

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र  विजयी भएकी छ्न् । 

निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याएर मिश्र विजयी भएकी हुन् ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देब भारतीले ४ सय ६५ मत ल्याएका छन्  । 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहारले  १ सय ४७,  समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५,  जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११,  मत प्राप्त गरेका छन् । 

२१ मत बदर भएको छ ।

मतगणना चन्द्रौटा दुर्गा मन्दिर परिसरमा भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिष्प्रर्धा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप