शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा

आइतबार, १५ मङ्सिर २०७६, ०८ : २८
आइतबार, १५ मङ्सिर २०७६

साविक विजेता बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसालाई उसैको मैदानमा २–१ गोलले हराउँदै रियलले शीर्ष स्थान कब्जा गरेको हो । जितसँगै रियलले १४ खेलबाट ३१ अंक बनाएको छ । एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक छ ।

रियललाई जिताउन कप्तान सर्जियो रामोस र ड्यानियल कार्भाहलले गोलगरे । घरेलु टोलीका लुकास पेरेजले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५२औं मिनेटमा रामोसले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ६५औं मिनेटमा लुकास पेरेजले पेनाल्टीमा बराबरी गोल फर्काए ।

त्यसपछि ६९औं मिनेटमा कार्भाहलले गोल गर्दै रियललाई जिताएका थिए । रियलसँग पराजित अलाभेस १८ अंकसहित १४औं स्थानमा छ ।ला लिगाकै अन्य खेलमा रियाल सोसिडाडले इबरलाई ४–१, भ्यालेन्सियाले भिल्लारियललाई  २–१ र रियल बेटिसले मलोर्कालाई २–१ गोलले पराजित गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप