बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति छाडेका पौडेल समूह माओवादी केन्द्रमा फर्किने यस्तो छ तयारी

शनिबार, ०३ भदौ २०७४, २१ : ०७
शनिबार, ०३ भदौ २०७४

एकताबारे बादल र अनन्तसँगको छलफल

काठमाडौं– नयाँ शक्ति पार्टीमा विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह नेकपा माओवादी केन्द्रमै फर्किने तयारी थालेको छ । 

डेढ वर्षअघि तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेका थिए । नयाँ शक्ति पार्टीका संयोजक भट्टराईविरुद्ध गुटबन्दी गर्दै पौडेलले समानान्तर समिति बनाएपछि नयाँ शक्तिले पौडेलसहित १५ जनालाई पार्टीबाट निश्काशित गरेको थियो । 

पौडेलसमूहले भट्टराईसँग असन्तुष्टी जनाउँदै वृहत्त ध्रवीकरण संयोजन समिति गठन गरी भेला बोलाएको थियो । पौडेल समूहले छुट्टै भेला बोलाएपछि नयाँ शक्ति पार्टीले उनीहरुलाई निश्काशित गरेको हो । 

नयाँ शक्तिबाट निश्काशित भएका पौडेल नेतृत्वको समूहले माओावादी केन्द्रसँग एकताका लागि शनिवार माओवादी केन्द्रका वार्ता टोलीसँग छलफल गरेको छ । छलफल सकारात्मक रहेको पौडेलले बताए । 

शनिवार नयाँ शक्ति पार्टीको तर्फबाट देवेन्द्र पौडेल, बामदेव क्षेत्री, पासाङ शेर्पा, सुशीला सिर्पाली  तथा नेकपा (माओवादी केन्द्र) वाट रामबहादुर थापा (बादल), बर्षमान पुन (अन्नत) बीच वार्ता भएको थियो ।

दुवै पार्टीको वार्ता टोलीबीच नीतिगत, राजनीतिक, बैचारीक विषय र संगठनात्मक विषयमा छलफल भएको र वार्ता सकारात्मक रुपमा अगाडि बढेको पौडेलले जानकारी दिए । पौडेलसमूहले एक दुई दिनभित्रै एकता गर्ने तयारी गरेको छ । शनिवार भएको वार्तामा आइतबार र सोमबार लगातार छलफल गरी सबै विषयमा टुंगो लगाउने निर्णय भएको छ । 

 नयाँ शक्ति छाडेका उनीहरुले माक्र्सवादी, नेकपा संयुक्त र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि बृहत्त ध्रवीकरणबारेमा सकारात्मक छलफल भएको देवेन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो पनि पढ्नुस्ः 

४० बर्ष पुराना साथीसँग बाबुरामको अर्को ‘डिभोर्स’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप