शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जापानलाई उत्तर कोरियाको धम्कीः ब्यालेस्टिक मिसाइल देखाऔं त ?

आइतबार, १५ मङ्सिर २०७६, ०७ : २३
आइतबार, १५ मङ्सिर २०७६

उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई ‘मूर्ख’ र ‘राजनीतिक रुपमा कच्चा’ बताएका छन् । उत्तर कोरियाले जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणबारे गलत जानकारी दिइरहेको आरोप लगाएको  छ ।

बिहिबार शिन्जो आबेले उत्तर कोरियाले पटक–पटक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्नु संसारको लागि खतरा भएको बताएका थिए ।

तर उत्तर कोरियाले भने आफू ‘सुपर लार्ज मल्टिपल रकेट लञ्चर’ को परीक्षण गरिरहेको स्पष्ट पारेको छ ।

शनिबार उत्तर कोरियाको सरकारी मिडियाले जापान ‘निकट भविष्यमा चाँडै नै वास्तविक ब्यालेस्टिक मिसाइल देखाउन सक्ने’ बताएको छ ।

उत्तर कोरिया अहिले ब्यालेस्टिक मिसाइलमाथि संयुक्त राष्ट्रको प्रतिबन्धको सामना गरिरहेको छ ।

उसको परमाणु कार्यक्रम र मिसाइलमाथि विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ । जापानले आफ्नो मित्र राष्ट्र अमेरिकासँग कुराकानी जारी राखेर आफूमाथि लागेको प्रतिबन्ध फुकुवा गरोस् भन्ने उत्तर कोरियाको चाहना छ ।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उन अन्तिमपटक यो वर्षको फेब्रुअरीमा भेटेका थिए त्यसपछि दुईबीच चलिरहेको कुराकानी अघि बढ्न सकेको छैन ।

के हो ताजा विवाद ?

दक्षिण कोरियामा भएका पर्यवेक्षकका अनुसार उत्तर कोरियाले बिहिबार आफ्नो दक्षिणी क्षेत्रमा रहेको हामग्योंग प्रान्तबाट जापान सागरतर्फ दुई अञ्जान वस्तु दागेको छ ।

यो प्रक्षेपणको आलोचना गर्दै जापानका प्रधानमन्त्री शिन्जो अबेले भनेका थिए, ‘उत्तर कोरिया पटकपटक ब्यालेस्टिक मिसाइल लञ्च गरिरहेको छ जुन हाम्रो देशका साथै पुरा अन्तर्राष्ट्रिय समुदायका लागि खतरा हो ।’

त्यसपछि उत्तर कोरियाले विभिन्न तस्बिर जारी गर्दै किम जोंग उनले परीक्षणको निरिक्षण गरेको जानकारी दियो ।

Photo: AFP

उत्तर कोरियाली सरकारी मिडिया केसीएनएले भन्यो, ‘यदि शिन्जो आबेले तस्बिर हेरे पनि एक मिसाइल र एक मल्टिपल लञ्च रकेट सिस्टममा फरक छुट्याउन सक्दैन भने उनलाई संसारको सबैभन्दा बेवकूफ र इतिहासका सबैभन्दा मूर्ख व्यक्ति भन्न सकिन्छ ।’

सरकारी मिडियामा भनिएको छ, ‘शिन्जो आबेले निकट भविष्यमा, आफ्नै नाक मुनी चाँडै नै एक वास्तविक ब्यालेस्टिक मिसाइल देख्न सक्छन् ।’

कसको दाबी सही ?

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा राजनीति विज्ञानका असोसिएट प्राध्यापक विपिन नारंग भन्छन्, ‘यी दुईमध्ये एक सही हुनै पर्छ भन्ने छैन ।’

जानकारका अनुसार उत्तर कोरियाले केएन–२५ रकेट लञ्च गरेको थियो जुन आफ्नो आकारका कारण ब्यालेस्टिक मिसाइल समान देखिन्छ ।

विपिन नारंग भन्छन्, ‘उत्तर कोरिया एक प्रकारको खेल खेलिरहेको छ र जापानले पनि ठ्याक्कै त्यस्तै गरिरहेको छ ।’

उनी भन्छन्, ‘जब जापानका प्रधानमत्रीले प्रक्षेपण गरिएको वस्तुलाई ब्यालेस्टिक मिसाइलको संज्ञा दिए, तब उनले यसो गरेर यो संयुक्त राष्ट्रले लगाएको प्रतिबन्धको उल्लंघन भएको स्पष्ट पार्न चाहन्छन् । हो ।’

‘जबकी उत्तर कोरियाले त्यो ब्यालेस्टिक मिसाइल नभई मल्टिपल रकेट लञ्चर भएको बतायो ।’

उनका अनुसार यसमा लुकेको कहानी यो हुनसक्छ कि उत्तर कोरिया लामो दुरीको ब्यालेस्टिक मिसाइलको परीक्षणबारे तयारी गरिरहेको छ ।

विपिन नारंग भन्छन्, ‘उत्तर कोरियाले जापानले चाँडै नै आफ्नो नाक मुनी ब्यालेस्टिक मिसाइल देख्ने बताएको छ । यसको अर्थ यो हो कि उसले लामो दुरीको मिसाइलको परीक्षण सुरु गर्नेछन् ।’

अमेरिका र उत्तर कोरियाबीच कुराकानी बन्द भएपछि यसैवर्ष मेमा जापानका प्रधानमन्त्रीले उनी कुनै शर्तबिना किम जोंग उनसँग भेटघाटका लागि तयार छन् । त्यसपछि उत्तर कोरियाको परमाणु कार्यक्रमामाथि रोक लगाउनका लागि चर्चा अघि बढ्ने अनुमान गरिएको थियो ।

तर जापानको उक्त भनाईमाथि उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएन ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप