शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको कालीदह गाउँमा पत्याउनै नसकिने घटनाः एकपछि अर्को महिला मुर्छित हुन थाले

शनिबार, ०३ भदौ २०७४, २० : ४३
शनिबार, ०३ भदौ २०७४

बिन्दुकुमार चौहान 

लुम्बिनी– रुपन्देहीको सीमा क्षेत्रमा दुई युवतीको स्वतःस्फूर्त ढंग काटिएको सुन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर रुपन्देहीको पश्चिमी क्षेत्र लुम्बिनी साँस्कृतिक नगरपालिका कालीदह गाउँमा शुक्रवार दुई युवतीको घरपरिवारकै अगाडि चार इन्चको कपाल अकस्माद काटिएर भुइँमा खस्यो । जब कपाल आफै काटिएर खस्यो, दुवै युवति मुर्छित भए । 

स्थानीय प्रत्यक्षदर्शिले दिएको अनुसार लुम्बिनी साास्कृतिक नगरपालिकास्थित  कालीदह बस्ने किशोर यादवको छोरी १९ वर्षीया गंगा यादवको शक्रबार बिहानै ७ बजे अकस्मात कपालको टुप्पो आफै काटिएर खसेपछि उनी अचेत भइन् । यसरी अकस्मात अचेत भएकी गंगाको अझै चेत खुलेको छैन । उनको भारतको ककरहवास्थित निजी क्लिीनिकमा उपचार भइरहेको छ ।

त्यसैगरी, सोही गाउँ बस्ने घरभरन यादवको २१ वर्षीया बबिता यादवको पनि शुक्रबार बिहानै साढे ६ बजे त्यसरी नै कपाल काटिएर भुइँमा खसेपछि अचेत भएको स्थानीय बताउँछन् । बिरामी यादवको बोली बन्द भई सक्दा पनि ईशाराले टाउको दुख्ने प्रतिक्रिया जनाएपछि सामान रुपमा सलाइन पानी चढाउने गरेको उपचारमा संलग्न चिकित्सिक मोहम्मदजमाले बताए । 

शनिवार दिउँसो चार बजेतिर थप चार महिलाहरु एक्कासी बेहोस भए । महिलाहरु एकपछि अर्को गरी एक्कासी बेहोस हुन थालेपछि घटनाबारे अनुसन्धान थालिएको छ ।

शनिवार लुम्बिनी साँस्कृतिक नगरपालिका २  भुजहिया बस्ने प्रहलाद यादवको बुहारी ३५ बर्षीया शान्ती यादव, समरीमाई गाँउपालिका वडा नं. ३ थुम्हवापिपरहवा निवासी ४० वर्षीया मैनाधवल, लुसाँ नगरपालिका १३ बस्ने पूजारी यादवको १६ बर्षीया छोरी अनिता यादव, सोही वडाको ओडवलिया बस्ने राजेश यादवको श्रीमती चन्द्रकला यादव पनि शनिवार एक्कासी मुर्छित भएका हुन् । उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कालीदहका इन्चार्ज चीन्तामणि न्यौपानेले जानकारी दिए ।  

अकस्मात कपाल काटिएको घटनाले बिरामीहरु त्रसित भई सके पछि सामान्य सलाईन पानी चढाए पछि कातिपय निको भई घर फर्किसकेको र केही महिला बिरामीहरुको उपचार जारी रहेको उपचारमा संलग्न  भीम अस्पतालका चिकित्सक सुर्दशन ज्ञवालीले बताए । अकस्मात महिलाहरुको कपाल कटिएर भूईमा झर्ने बित्तिकै मुर्छित हुने घटनाको यथार्थ कुराबारे भीम अस्पतालका मेडिकल अधिकृत अनन्त शर्माले रोगबारे अनुसन्धान भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप