बाल सुधारगृहबाट फरार भएका दुई प्रतिवादी पक्राउ
मोरङ । बाल सुधारगृह बिराटनगरबाट मंसिर ९ गते फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
उक्त प्रहरी टोलीले १८ वर्षीय किशोरलाई सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउबाट शुक्रबार र १७ वर्षीय किशोरलाई झापा, बिर्तामोड नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको हो ।
१८ वर्षीय किशोरलाई जिल्ला अदालतको २०७६ असार ५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने १७ वर्षीय किशोर जिल्ला अदालत झापाको आदेशले २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।
बाल सुधार गृहमा रहेका दुवै प्रतिवादीहरू फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक राजकुमार खिउजूको संयोजकत्वमा छानवीन समिति गठन भई अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा